FAQs Complain Problems

तेस्रो नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम संक्षेपमा, मिति १० असार २०७५

मध्यविन्दु नगरपालिकाको आ. व. २०७५-७६ को तेस्रो नगरसभाले पारित गरेका नीति तथा कार्यक्रमहरु- (   संक्षिप्त रुपमा .... )
१.    साबिकका मेयर नमुना सडक निर्माण कार्यलाई निरन्तरता दिइएको छ । वडामा बिनियोजित कुल बजेट्को ३५%बिनियोजित गर्नु पर्ने ब्यवस्था गरिएको छ ।
२.    चार वटा वडा कार्यालय भवन निर्माण को लागि प्रती वडा २५लाख को दरले रु १ करोड बिनियोजन गरिएको छ । पाँच बर्ष भित्र सबै वडामा वडा कार्यालय भवन निर्माण कार्य सम्पन्न गरिनेछ ।
३.    नगर सभा भवन निर्माण को लागि रु ५० लाख बिनियोजन गरिएको छ । आब ७५-७६ मै निर्माण कार्य सम्पन्न गरिनेछ ।
४.    कार्यपालिकाको निर्माणाधीन भवनको लागि रु १करोड ५० लाख बिनियोजन गरिएको छ । दुई बर्ष भित्र निर्माण कार्य सम्पन्न गरिनेछ ।
५.    नगर स्थित बालबिकास कार्यक्रमको लागि बाल खाजा कार्यक्रमको लागि रु ५०लाख बिनियोजन गरिएको छ ।

६.    सडकको दीगोपना, सुन्दर शहरिकरण, उपयुक्त सडक मापदण्ड लागु गर्न तयार गरिएको नगर सडक गुरुयोजना (Municipality Transport Master Plan) कार्यान्वयन गरिने छ ।  नगर सडक गुरुयोजनाको लागि रु ५० लाख बिनियोजन नगर सडक संजाल कार्यलाइ निरन्तरता दिइनेछ ।
७.    सामाजिक सुरक्षा बितरण कार्यक्रम लाई बैंकिङ प्रणाली द्वारा  भुक्तानीको ब्यवस्था गरिएको छ ।
८.    लक्षित बर्ग कार्यक्रम लाई वास्तविक लक्षित बर्ग पहिचान गरि नगरबाटै कार्यक्रम संचालन गरिने नीति लिइएको छ ।
९.    सार्बजनिक निर्माण कार्यमा गुणस्तरता,मितब्यायिता,पार्दर्शिता र अपनत्व कायम गर्न उपभोकता समितीको ५% नगद लागत सहभागिता कायम गरिको छ ।
१०.    मध्यविन्दुको  पहिचान झल्काउन वडा नं. १३ को मैनाघाट क्षेत्रमा  मा प्रारम्भ भएको पार्क निर्माणको कार्यलाई निरन्तरता दिइनेछ । त्यस प्रयोजनका लागि बजेटको व्यवस्था गरिएको छ ।
११.    केन्द्र र प्रदेस सरकार संग साझेदारी कार्यक्रमको लागि आवस्यक सम्पुरक कोषको ब्यवस्था गरिएको छ।
१२.    ब.सु.पु.का नपाहरु संग साझेदारी कार्यक्रम अन्तर्गत फोहरमैला ब्यवस्थापनको दिगो रणनितिको लागि आवस्यक बजेट ब्यवस्था गरिएको छ।
१३.    हाल उपयोगमा रहेको विद्युत सेवाको गुणस्तर र क्षमतालाई आवश्यकता अनुरुप    स्तरोन्नति गर्न पहल गरिने छ । वैकल्पिक उर्जाको रुपमा सौर्य उर्जा लगायतको प्रयोग बढाइने छ ।
१४.    कर प्रणाली लाई ब्यवस्थित र वृद्धिको लागि नगर उधोग बाणिज्य संघ संग साझेदारीमा कार्य अगाडी बढाइनेछ।

१५.    नगर भित्रका दुर्गम र अति बिपन्न बस्तीहरुलाइ पहिलो प्राथमिकतामा राखी आवस्यक कार्यक्रमहरु संचालन गरिनेछ ।
१६.    पोषण कार्यक्रम लाई निरन्तरता दिइएको छ ।
१७.    राष्ट्रसेवकहरु लाई प्रोत्साहित गर्न मौद्रिक एवं गैर मौद्रिक उपायहरु अबलम्बन गरिएको छ ।
१८.    नगरपालिकाको केन्द्र अवस्थित चोरमारा बजारलाई प्रशासनिक केन्द्र (Administrative Hub) तथा अरुणखोला बजार र कोल्हुवा क्षेत्रलाई व्यवसायिक केन्द्र (Business Hub) का रुपमा विकास गरिने छ ।
१९.    सबैका लागी स्वच्छ खानेपानी  उपलब्ध  गराउने कार्यक्रम कार्यान्वयन गरिने छ ।