FAQs Complain Problems

मध्यविन्दु नगरपालिकाको आधिकारिक वेबसाईटमा तपाईंलाई स्वागत छ ।

मध्यविन्दु नगरपालिकाको संक्षिप्त परिचय 

नेपालको पुर्व देखि पश्चिम सम्म फैलिएको ऐतिहासिक राजमार्ग महेन्द्र राजमार्गको ठिक मध्य भाग यस नगरपालिकामा पर्ने भएकोले यस नगरपालिकाको नाम मध्यविन्दु नगरपालिका रहन गएको हो ।  साविक कोल्हुवा ,नारायणी र तम्सरिया गा.वि.स लाई मिलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट २०७२ असोज १ गते  मध्यविन्दु नगरपालिका स्थापना भएको र स्थानीय तह पुर्नसंरचना आयोगको सिफारिस अनुसार साविकका  मैनाघाट ,नयाँ बेलहानी , प्रसौनी र  राकाचुली  गा.वि.स  समेत समेटी २०७३ फाल्गुन  २७ गते नेपालको संविधान-२०७२  अनुसार मध्यविन्दु नगरपालिका बनेको हो ।

             नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेकाे हाे ।   २३३.३५ व.कि.मि. क्षेत्रफल ओगटेकाे छ। "राष्ट्रिय जनगणना २०७८" को प्रतिवेदन अनुसार मध्यविन्दु नगरपालिका भित्र १५,४३० घरधुरी रहेका छन र १५,४३० घरधुरीमा महिला ३३,१११ र पुरुष २७,९८० गरी जम्मा जनसंख्या ६१,०९१ रहेको छ ।  अवस्थितिः अक्षांस २७ ६३ देखि उत्तर, देशान्तर ८४ं ३५ पूर्व पर्दछ । यस नगरपालिकाकाे चाैतर्फी सिमानाः पूर्व– कावासाेती नगरपालिका. पश्चिम– विनयी गाउँपालिका. उत्तर– हुप्सेकाेट गाउँपालिका र पाल्पा जिल्ला,  दक्षिण– चितवन राष्ट्रिय निकुन्ज तथा नारायणाी नदी अवस्थित छ । यस क्षेत्रका महत्वपूर्ण बजारः चोरमार, अरूङ्गखाेला, कोल्हुवा, पनौती, मदननपुर, आदि । प्रमुख जाती तथा संख्याः ब्राम्हणा, क्षेत्री, ठकुरी, थारू, मगर, तामाङ, गुरूङ, कुमाल, नेवार, भुजेल, बाेटे, मुसहर, कामी, दमै, सार्की, आदि  । १। पर्यटकीय क्षेत्रकाे रूपमा लोहासेधार, चितवन राष्ट्रिय निकुन्ज, नन्द भाउजु ताल, भुताहा पर्यटन बन, भ्यूपोइन्ट टावर बाघखाेर हाेम स्टे,आदि  प्रख्यात रहेकाे छ । यस क्षेत्रका नगरवासीहरूले मान्ने मुख्य चाडपर्वः दशैं, तिहार, ल्हाेसार, माघी, हाेली, चण्डी पूर्णािमा, आदि  रहेकाे छ ।

"राष्ट्रिय जनगणना २०७८" को प्रतिवेदन अनुसार मध्यविन्दु नगरपालिका भित्रको  घरधुरी तथा जनसंख्या विवरण

क्र.सं वडा नं. घरधुरी संख्या जनसंख्या
१०६३ ४१९५
८६७ ३४१४
७०४ ३०९४
८३३ ३३०१
८५५ ३२९०
९१८ ३७०२
११५८ ४३६६
९१० ३५१५
८५८ ३२४६
१० १० १६२९ ६४०७
११ ११ १००५ ३८१२
१२ १२ १६४३ ६४२८
१३ १३ ६६१ २६९५
१४ १४ ५९६ २६९७
१५ १५ १७३० ६९२९
कुल जम्मा १५४३० ६१०९१