FAQs Complain Problems

प्रेस विज्ञप्ति

मिति २०७४/१/३१ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात यस नगरपालिकामा सम्पन्न भएका महत्वपुर्ण कार्यहरुको बारेमा पत्रकार सम्मेलन नगरपालिकाको सभाहलमा

प्रस्तुत प्रतिबेदनका संछिप्त बुदाहरु...

  • यस आ. व. मा संचालन हुने योजनाहरुको स्थलगत सर्भे भई अधिकांश योजना कार्यान्वयनका सन्दर्भमा सम्झौता भएका र केहि त सम्पन्न भईसकेका पनि छन् |
  • रास्ट्रिय भवन आचार संहिता ( Building code ) अनुसार नगर क्षत्रभित्र घर  अभिलेखीकरण र अनुमति लिई घर बनाउने कार्य तिब्र गतिमा भईरहेको छ |
  • मध्यबिन्दु चक्रपथको DPR सम्बन्धि कार्य भईरहेको छ |
  • १५ वटै वडामा शुद्ध खानेपानीको लागि काम भईरहेको छ |
  • नगरपालिका भवन निर्माण तथा आन्तरिक व्यवस्थापनको कार्य सन्तोष जनक रुपमा भईरहेको छ |
  • नगरक्षेत्र भित्र घर नक्सा बनाउने सबै कन्सल्टेन्सीको सेवासुल्क मा एकरुपता कायम गर्ने |
  • भूकम्प प्रतिरोधी भवन निर्माणका लागि १५ वटै वडाका २/२ जनालाई डकर्मी तालिम दिईएको |
  • कर्मचारी तथा जनप्रतिनिधि हरुलाई सूचना को लागि MOBILE SMS को प्रयोग सम्बन्धि तालिम सम्पन्न  ( IT Friendly  कार्य संचालनको अभ्यास ) साथै प्रभाबकारी अभिलेख व्यवस्थापन भईरहेको |
  • कम्प्युटर हरुमा File Backup राख्ने गरिएको |
  • कार्यालयको Website Update भईरहेको छ |
  • घर नक्शा पासको अभिलेखीकरणको काम software मार्फत गर्ने काम भईरहेको छ |
  • कार्यालयमा उत्पन्न IT समस्या न्यूनीकरण भईरहेको  |
  • वडागत Internet Connection को काम अगाडी बढाइएको |
  • प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा बिधुतिय हाजिरी जडान गरिएको |
  • आयुर्बेद, स्वास्थ्य कार्यालयहरुमा औषधि खरिद गरि निशुल्क वितरण गरिएको |
  • न्यानो झोला खरिद |
  • आधारभूत कानुनहरु र कर्यबिधिहरु ( निर्वाचित पदाधिकारीहरुको सुबिधा सम्बन्धि कार्यविधि २०७४, एकीकृत सम्पति कर सम्बन्धि कार्यविधि २०७४, बजार अनुगमन निर्देशिका २०७४ , नदिजन्य पदार्थको व्यवस्थापन सम्बन्धि कार्यविधि २०७४ , सहकारी प्रवर्द्धन कोष व्यवस्थापन कार्यविधि २०७४, सामुदायिक मेलमिलाप कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०७४ आदि   )  तर्जुमा स्वीकृत भई कार्यन्वयनमा रहेका छन् |
  • अरुणखोलाको ढुंगा गीटि टेन्डर प्रक्रिया अन्तर्गत सिलबन्दी खोलि मुल्यांकनको चरणमा रहेको र गिरुवारी खोलाको IEE report को लागि सार्बजनिक सूचना जारी गरिएको छ |
  • २०७४ साल वडा स्तरिय नगरपालिका सरसफाई कार्यक्रम |
  • टोल विकास सस्थाहरु गठन |
  • जिन्सी र लेखा को software लागु गरि जिन्सी समानहरुको बैज्ञानिक लगत राख्ने कार्यको सुरुवात भएको छ |
  • महिला जनप्रतिनिधि र बालबालिका सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न |
  • मेयरकप खेलकुद सम्पन्न |
  • पदपूर्ति प्रक्रिया सम्पन्न गरि ५ जना स्थायी कर्मचारी नियुक्ति, १२ ठाउँमा वडा कार्यालय संचालन |
  • मुख्य कार्यालय र वडा स्तरीय कार्यालय व्यबस्थापन |
  • सामाजिक सुरक्षाको MIS Entry |
  • सामाजिक सुरक्षाको रकम सेवाग्राहीको घर सम्म NIC ASIA BANK र सबै वडाहरुमा दोस्रो चौमासिक बाट वितरण सुरु गरिने |
  • कृषि शाखामा बिउबिजन खरिद गरि बिक्रि वितरण सुरु गरिएको |
  • हालसम्मको नगरपालिकाको पुंजीगत खर्च १३.२४% , सशर्त तर्फ ७४.६१% , चलुमा २६.३०% खर्च भएको देखिन्छ |
  • नगरपालिकाको प्रोफाइल , दिर्घकालिन गुरुयोजना र  प्राथमिक योजनाका लागि सहरी विकास मन्त्रालयबाट कार्य भईरहेको |
  • एक गैरसरकारी सस्थाको साझेदारीमा जलवायु मैत्री गाउँ निर्माणको कार्य गरिदैछ |
  • नगर क्षेत्र भित्ररहेको खोलामा electric current र बिषादी प्रयोग गरि माछा मार्ने र खेतिवालिमा घास झारपात निवारण गर्ने कार्यलाई निषेध गरिएको छ |
  • बर्दघाट सुस्ता पूर्व देखि हेटौडा सम्मको क्षत्रको फोहोर मैलाको उचित र दिगो व्यवस्थापनका निमित्त plant स्थापना गर्नको लागि अगुवाई गरिदिन भरतपुर महानगरपालिकालाई अनुरोध गर्ने |