समाचार
मध्यविन्दु नगरपालिकाको आधिकारिक वेबसाईटमा तपाईंलाई स्वागत छ ।
मध्यविन्दु नगरपालिकाको संक्षिप्त परिचय
नेपालको पुर्व देखि पश्चिम सम्म फैलिएको ऐतिहासिक राजमार्ग महेन्द्र राजमार्गको ठिक मध्य भाग यस नगरपालिकामा पर्ने भएकोले यस नगरपालिकाको नाम मध्यविन्दु नगरपालिका रहन गएको हो । साविक कोल्हुवा ,नारायणी र तम्सरिया गा.वि.स लाई मिलाई नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट २०७२ असोज १ गते मध्यविन्दु नगरपालिका स्थापना भएको र स्थानीय तह पुर्नसंरचना आयोगको सिफारिस अनुसार साविकका मैनाघाट ,नयाँ बेलहानी , प्रसौनी र राकाचुली गा.वि.स समेत समेटी २०७३ फाल्गुन २७ गते नेपालको संविधान-२०७२ अनुसार मध्यविन्दु नगरपालिका बनेको हो ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेकाे हाे । २३३.३५ व.कि.मि. क्षेत्रफल ओगटेकाे यस नगरपालिकामा ११९४३ घर धुरीमा जम्मा ५४,१४० जनसंख्या बसाेबास गर्दछन् । जसमध्य ३००८३ महिला तथा २४०५७ पुरुष छन । अवस्थितिः अक्षांस २७ ६३ देखि उत्तर, देशान्तर ८४ं ३५ पूर्व पर्दछ । यस नगरपालिकाकाे चाैतर्फी सिमानाः पूर्व– कावासाेती नगरपालिका. पश्चिम– विनयी गाउँपालिका. उत्तर– हुप्सेकाेट गाउँपालिका र पाल्पा जिल्ला, दक्षिण– चितवन राष्ट्रिय निकुन्ज तथा नारायणाी नदी अवस्थित छ । यस क्षेत्रका महत्वपूर्ण बजारः चोरमार, अरूङ्गखाेला, कोल्हुवा, पनौती, मदननपुर, आदि । प्रमुख जाती तथा संख्याः ब्राम्हणा, क्षेत्री, ठकुरी, थारू, मगर, तामाङ, गुरूङ, कुमाल, नेवार, भुजेल, बाेटे, मुसहर, कामी, दमै, सार्की, आदि । १। पर्यटकीय क्षेत्रकाे रूपमा लोहासेधार, चितवन राष्ट्रिय निकुन्ज, नन्द भाउजु ताल, भुताहा पर्यटन बन, भ्यूपोइन्ट टावर बाघखाेर हाेम स्टे,आदि प्रख्यात रहेकाे छ । यस क्षेत्रका नगरवासीहरूले मान्ने मुख्य चाडपर्वः दशैं, तिहार, ल्हाेसार, माघी, हाेली, चण्डी पूर्णािमा, आदि रहेकाे छ ।